सेतो धरती [Seto Dharati]
![Book सेतो धरती [Seto Dharati]](https://api.mamonto.com/media/cache/w350_hA/books/4008/7823/65f09c2e01e01-65f09c2e01e37.jpg)
सेतो धरती [Seto Dharati]
Год выхода 2012
आफ्नो पहिलो आख्यान पानीको घामका लागि पद्मश्री सम्मान प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास सेतो धरती एक बालविधवाको दर्दनाक कथा हो । यसमा मुख्य पात्र ‘तारा’ ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छन् । नेपालमा ठूलो भुइँचालो आएको वर्ष ‘नब्बे साल’ बाट आरम्भ भएको उपन्यास भुइँचालोभै सुरू भएर भुइँचालोभै अन्त्य हुन्छ । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजायँ भोगेकी ‘तारा’ का जीवनका विडम्बनाहरुसँग अन्य पात्रहरुको पनि विडम्बनापूर्ण कथा जोडिएर आउँछ । आञ्चलिकतासँगै सुन्दर भाषामा लेखिएको सेतो धरती २०६८ को मदन पुरस्कार प्राप्त कृति हो ।
